आलोचनाभन्दा विचार र अभियानमा जोड दिन शर्माको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ८

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार र आदर्शलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभागृहमा आयोजित ‘जरा अभियान’ समापन कार्यक्रममा उनले आन्तरिक आलोचनामा समय खर्च गर्दा पार्टी लक्ष्यमा पुग्न नसक्ने उल्लेख गरे। बीपीको विचारलाई २१औँ शताब्दीका युवाको सोचसँग जोडेर समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

शर्माले जलवायु परिवर्तनलाई विश्वव्यापी चुनौती भन्दै नेपाल पनि यसको असरबाट प्रभावित भइरहेको बताए। उनले पछिल्ला वर्षका खडेरी, बाढी तथा अत्यधिक गर्मीका घटनाले वातावरणीय संकट गहिरिँदै गएको उल्लेख गर्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *