भारतको सुरुङ दुर्घटनामा २० मजदुरको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौँ : भारतको उत्तरपूर्वी क्षेत्रमा निर्माण भइरहेको सुरुङभित्र मिथेन ग्यास विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनाका बेला सुरुङभित्र रहेका पाँच जना अझै फसेको आशंका गरिएको छ।

प्रहरीका अनुसार विस्फोट हुँदा सुरुङमा २५ जना कामदार तथा कर्मचारी रहेका थिए। प्रारम्भिक विवरणअनुसार चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक बाहिर निस्किएर विस्फोट भएको हो।

नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) अन्तर्गत निर्माण भइरहेको करिब ७ किलोमिटर लामो सुरुङमा भएको दुर्घटनापछि धुवाँ र विषाक्त ग्यास फैलिएको जनाइएको छ। कम्पनीले घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *