|
साउन ६, २०८३
काठमाडौं — श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन प्राप्त भएको एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
विभागले समयमै गुनासो सुनुवाइ नभएको र सेवाग्राहीले असन्तुष्टि जनाउँदै आएका कारण नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। परिपत्रअनुसार सम्बन्धित कार्यालयले उजुरीबारे तत्काल जानकारी दिनुका साथै आफ्नो क्षेत्राधिकारबाहिरका विषय सम्बन्धित निकायमा पठाउनुपर्नेछ।
विभागले श्रम विवादलाई प्राथमिकताका साथ समाधान गर्न, कानुनअनुसार निर्णय कार्यान्वयन गर्न र सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्