|
२०८२ चैत्र ५
काठमाण्डौँ । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ ।
विभागले जारी गरेको पत्रमार्फत पर्यटक भिसा लिएर नेपाल आएका व्यक्तिहरूलाई उनीहरूको भिसाको उद्देश्यअनुसार मात्र गतिविधिमा संलग्न हुन पाउने व्यवस्था रहेको सम्झाउँदै खेलकुदमा सहभागी गराउनु नियमविपरीत हुने स्पष्ट पारेको हो ।
विभागका अनुसार विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भएमा आवश्यक कार्य अनुमति तथा स्वीकृति लिनुपर्ने हुन्छ । यसअघि केही क्लबहरूले पर्यटक भिसामा आएका खेलाडीलाई खेलाएको जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको विभागले जनाएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्