बाढीको सम्भावना बढेपछि कोशी ब्यारेजका ढोका खोल्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । लगातारको वर्षासँगै नदीको जलस्तर बढ्ने सम्भावना देखिएपछि कोशी ब्यारेजका ढोका आवश्यकताअनुसार खोल्ने तयारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदीमा पानीको बहाव उच्च भई जोखिम बढेमा कोशी ब्यारेजका ढोका क्रमशः खोलिनेछ। प्राधिकरणले उद्धार तथा राहतका लागि सुरक्षा निकायसँग समन्वय गर्दै तयारी अघि बढाएको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ।

सर्वसाधारणलाई नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन र आवश्यकबाहेक यात्रा नगर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *