विषालु च्याउ खाँदा दाङमा एक महिलाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ मा जङ्गलबाट ल्याइएको च्याउ सेवनपछि बिरामी परेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार ३६ वर्षीया दीपा पुन मगरको शनिबार कोहलपुरस्थित शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनीसहित दुई परिवारका सात जना असार ३१ गते जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए।

बिरामीमध्ये अन्य व्यक्तिहरूको उपचारपछि स्वास्थ्य अवस्था सुधार भएको र उनीहरू घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *