मर्मतपछि वीरगन्जमा विद्युत् सेवा सहज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । वीरगन्ज र आसपासका क्षेत्रमा केही समयदेखि देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्राविधिक अवरोध हटाएपछि विद्युत् सेवा पुनः नियमित बनेको जनाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार छपकैया क्षेत्रमा रहेको ३३ केभी भूमिगत केबलमा आएको खराबीका कारण विद्युत् आपूर्ति प्रभावित भएको थियो। प्राधिकरणका प्राविधिक टोलीले तत्काल मर्मत गरी सेवा सुचारु गरेका हुन्।

दीर्घकालीन समाधानका लागि मधेश प्रादेशिक कार्यालयले वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुईवटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था मिलाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *