|
२०८३ श्रावण १
काठमाडौं । पछिल्ला तीन महिनामा देशभर ३ हजार २९६ वटा विपद्का घटना हुँदा १६० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते र ४ हजार ३७५ परिवार प्रभावित भएका छन्।
सबैभन्दा धेरै ८९७ आगलागीका घटना भएका छन्। सर्पदंश, हुरी, पहिरो, चट्याङ, बाढी, वन्यजन्तुको आक्रमण र भारी वर्षाले पनि उल्लेख्य क्षति पुर्याएका छन्। सर्पदंशबाट ३८ र चट्याङबाट २४ जनाको मृत्यु भएको छ भने लेक लागेर २१ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणले मनसुनको जोखिम अझै कायम रहेकाले बाढी, पहिरो, चट्याङलगायत विपद्प्रति उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्