आज पनि वर्षा सक्रिय, केही क्षेत्रमा उच्च सतर्कता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

काठमाडौँ — मनसुनको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा केही तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *