काठमाडौं, साउन १ — जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि बिहीबार दुवै प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतले बिमासम्बन्धी कसुरतर्फ सुलभ अग्रवाललाई २ करोड रुपैयाँ र दीपक भट्टलाई १ करोड ५० लाख रुपैयाँ धरौटी बुझाउन निर्देशन दिएको छ।
यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालका लागि थप १ करोड ५० लाख रुपैयाँ तथा भट्टका लागि १ करोड रुपैयाँ धरौटी तोकिएको अदालत स्रोतले जनाएको छ।
एक सातासम्म लगातार भएको सुनुवाइपछि अदालतले थुनछेक आदेश जारी गरेको हो। यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर कारोबारसँग सम्बन्धित छुट्टै मुद्दामा पनि अदालतले सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Josie2071
July 17, 2026https://shorturl.fm/yp8YM