मनसुन सक्रिय, देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३१

काठमाडौं : देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले बुधबार अधिकांश भूभागमा बदली रहने मौसमविद्ले बताएका छन्। मनसुनको न्यून चापीय रेखा तराई आसपास सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षाको क्रम जारी छ।

मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै पहाडी र तराईका विभिन्न स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसमको अवस्था खासै परिवर्तन नहुने अपेक्षा गरिएको छ। देशका केही पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *