सडक भासिँदा तातोपानी नाका हुँदै आवागमन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

काभ्रेपलाञ्चोक : सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा अरनिको राजमार्ग भासिएपछि नेपाल–चीन जोड्ने तातोपानी नाका पुनः अवरुद्ध भएको छ। आइतबार साँझदेखि परेको निरन्तर वर्षापछि करिब दुई मिटर सडक भासिँदा सवारीसाधन सञ्चालन रोकिएको हो।

प्रहरीका अनुसार वर्षा नरोकिएकाले माथिबाट लेदो बगिरहेको छ, जसका कारण सडक मर्मतको काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। सडक डिभिजन कार्यालयले क्षतिग्रस्त भागमा गिट्टी र माटो हालेर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

सडक बन्द भएसँगै नेपाल–चीनबीचका मालवाहक कन्टेनर र अन्य सवारी दुवैतर्फ रोकिएका छन्। वर्षायाममा इको क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या दोहोरिने भएकाले स्थायी समाधानको आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *