पहिरोले मेची क्षेत्रको सडक सञ्जाल ठप्प

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

इलाम : इलाममा लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गसहित झापासँग जोड्ने दुवै वैकल्पिक सडक अवरुद्ध भएका छन्। सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

राजदुवाली क्षेत्रमा सडक बगेको, जोगमाई र पुवाखोलाका डाइभर्सन बाढीले डुबाएको कारण सवारी सञ्चालन हुन सकेको छैन। सडक मर्मतको प्रयास भइरहे पनि निरन्तर वर्षाले काममा अवरोध पुगेको छ।

यातायात बन्द हुँदा यात्रु, बिरामी तथा मालसामान ढुवानी प्रभावित भएको छ। स्थानीय व्यवसायीले इन्धन र खाद्यान्न अभावको जोखिम बढ्दै गएको भन्दै सडक सञ्चालनलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *