|
२०८३ असार २९
काठमाडौं, असार २९ — नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ। यस अवसरमा उनको योगदानको स्मरण गर्दै प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा साहित्यिक कार्यक्रम आयोजना गरिएका छन्।
संस्कृत भाषाको रामायणलाई नेपालीमा सरल रूपमा भावानुवाद गरी जनसाधारणसम्म पुर्याएका भानुभक्तले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपालका साथै भारत, भुटान, सिक्किमलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न स्थानमा पनि भानुजयन्ती उत्साहका साथ मनाइँदै छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्