|
२०८३ असार २५
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उमा भुजेलको संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।
पार्टीले आगामी भदौ मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने लक्ष्यसहित समिति गठन गरेको जनाएको छ। विज्ञप्तिमा समसामयिक राजनीतिक अवस्था र कम्युनिस्ट आन्दोलनबारे समीक्षा गर्दै पार्टी पुनर्गठनको आवश्यकता औंल्याइएको छ।
साथै, वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न माओवादी धाराबीच एकता आवश्यक रहेको पार्टीको धारणा सार्वजनिक गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्