घनश्याम भूसालको नेतृत्वमा पुनः खडा हुँदै एकीकृत समाजवादी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाडौं । एकीकृत समाजवादीले पार्टी पुनर्गठन गर्दै घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल पार्टीका महासचिवको जिम्मेवारीमा थिए ।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको समूहले नेकपा (माओवादी केन्द्र) सँग एकता गरे पनि महासचिव भूसालले उक्त एकतामा असहमति जनाएका थिए ।

शनिबार बसेको ६७ सदस्यीय केन्द्रीय समिति बैठकले भर्चुअल माध्यमबाट पुनर्गठनको निर्णय गर्दै भूसाललाई संयोजक तोकेको एक नेताले जानकारी दिए । बैठकले मंसिरको पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यसअघि गत शुक्रबार घनश्याम भूसालले नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग सहकार्य गर्ने सहमति जनाएका थिए । पुनर्गठित एकीकृत समाजवादीले अब नयाँ राजनीतिक सहकार्यका माध्यमबाट संगठन विस्तार र वैचारिक स्पष्टता अभियान अघि बढाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. digital banking

    January 14, 2026

    Fine way of telling, and good article to take facts regarding my presentation focus, which i am going to present in institution of higher education.

Leave a Reply

Your email address will not be published. Required fields are marked *