|
२०८३ असार २५
पोखरा : गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न अनुमति दिने विधेयक सर्वसम्मतिले पारित गरेको छ।
विधेयकअनुसार कम्पनी दर्ता गरी सरकारबाट अनुमति लिएपछि तोकिएका क्षेत्रमा पाँच वर्षका लागि गाँजा खेती गर्न सकिनेछ। खेती, उत्पादन र बिक्री प्रक्रिया नियमन गर्न छुट्टै संयन्त्र र स्पष्ट मापदण्ड पनि व्यवस्था गरिएको छ।
अनुमतिविना गाँजा खेती वा सर्त उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था गरिएको छ भने दुरुपयोग रोक्न कडा निगरानी र परीक्षण प्रणाली अपनाइनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्