|
२०८३ असार २५
काठमाडौँ :स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ।
भेटमा स्वास्थ्य क्षेत्रको सहकार्य, स्वास्थ्य प्रणाली सुधार, डिजिटल स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य र अनुसन्धानका विषयमा छलफल भएको थियो।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा नर्वेले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने बताइन्। राजदूत म्योसले नेपालका प्राथमिकताअनुसार सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्