|
२०८३ असार २५
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानलाई निरन्तरता दिन हिरासत अवधि थप्ने आदेश दिएको हो।
यसअघि अनुसन्धानका लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्