|
२०८३ असार २५
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसँगै मधेस तथा कोशी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्