मनाङमा सहुलियत चामलप्रति उपभोक्ताको आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २३

मनाङ, असार २३ — हिमाली जिल्ला मनाङमा सहुलियत दरमा बिक्री भइरहेको चामलको माग उल्लेखनीय रूपमा बढेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको जनता बिक्री कार्यक्रममार्फत स्थानीयले ठूलो परिमाणमा खाद्यान्न खरिद गरिरहेका छन्।

जिल्लामा धान उत्पादन नहुने भएकाले चामल दैनिक उपभोगको मुख्य खाद्यवस्तु बनेको छ। यही कारण सहुलियत मूल्यमा उपलब्ध चामलप्रति उपभोक्ताको आकर्षण बढेको हो।

कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न प्रकारका चामल, चिनी, दाल, तेल तथा अन्य खाद्य सामग्रीको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयले जनाएको छ। स्थानीय बासिन्दाले सुपथ मूल्यमा आवश्यक खाद्यान्न सहजै पाउँदा राहत महसुस गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *