पर्सामा ठूलो परिमाणको गाँजा बरामद, एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

वीरगञ्ज, असार २२ । पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरिएको अवस्थामा १०२ किलोभन्दा बढी गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा जगरनाथपुर गाउँपालिका क्षेत्रमा गुडिरहेको भारतीय नम्बरको कारबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। गाँजा विभिन्न प्याकेटमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो।

प्रहरीले सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *