तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको २० अर्ब रुपैयाँको ऋणपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौँ, असार २२ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्न २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र आज जारी गर्ने भएको छ।

प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत जारी हुने उक्त ऋणपत्रमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ब्याज प्रत्येक छ महिनामा भुक्तानी गरिनेछ भने परिपक्व अवधिपछि सावाँ रकम एकमुष्ट फिर्ता गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *