|
२०८३ असार १९
जलेश्वर, असार १९ — नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरिएको थियो। अदालतको आदेशपछि उनलाई जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले यसअघि उनलाई सफाइ दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्