|
२०८३ असार १९
झापा, असार १९ — मेचीनगर नगरपालिका–१४ दुवागढीमा विद्युत् सर्ट भएर भएको आगलागीमा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनामा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय चुडामणी गुरागाईंको एकतले टिनको छाना र काठको बेरा भएको चारकोठे घरमा बिहान अचानक विद्युत् सर्ट भएर आगलागी भएको थियो।
आगलागीबाट घरभित्र रहेका सुनचाँदी, नगद, टेलिभिजन, लत्ताकपडा तथा अन्य सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी प्रवक्ता रज्जन आवले जानकारी दिएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्