|
असार १८, २०८३
काठमाडौं, असार १८ – काठमाडौँ उपत्यकामा आगामी साउन १ गतेदेखि पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित यो सेवा सुरु गर्न लागिएको हो। प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ, थानकोट–नागढुङ्गा–विमानस्थल रुट तथा चक्रपथ क्षेत्रमा बस सञ्चालन गरिनेछ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि पहिलो चरणमा सेवा सुरु गरिनेछ भने आगामी १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्