त्रिवि नियुक्तिलाई लिएर सरकारमाथि पोखरेलको कटाक्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १८

काठमाडौं, असार १८ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिलाई लिएर सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक निकटताका आधारमा नियुक्ति गरेको आरोप लगाए। पूर्वसचिव तथा सहरी योजनाविद् किशोर थापालाई आयोगको अध्यक्ष बनाइएको निर्णयप्रति संकेत गर्दै पोखरेलले अध्यादेशमार्फत रिक्त गरिएको पदमा आफ्नै पक्षका व्यक्तिलाई ल्याइएको भन्दै सरकारको ‘जान्नेलाई छान्ने’ नीति व्यंग्यपूर्ण रहेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *