|
२०८३ असार १३
काठमाडौं, असार १३: स्पेनले उरुग्वेलाई १–० ले हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। एलेक्स बाएनाले पहिलो हाफमा गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो। सात अंकसहित स्पेन समूहको शीर्ष स्थानमा रह्यो।
यता, साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको केप भर्डे पनि पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेको छ। तीन खेलबाट तीन अंक जोडेको केप भर्डे समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दै नयाँ इतिहास बनाउन सफल भएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्