काठमाडौँ, असार ८ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको शानदार जित दर्ता गरेको छ।
एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनका युवा खेलाडी लामिन यामालले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि मिकेल ओयार्जाबलले २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै स्पेनलाई पहिलो हाफमै ३–० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफको ४९औँ मिनेटमा साउदी अरेबियाका हसन अल ताम्बक्तीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुगेको थियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल सोही नतिजामा समाप्त भयो।
यस जितसँगै स्पेनले दुई खेलबाट चार अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थान कब्जा गरेको छ। यो नतिजाले स्पेनको नकआउट चरण पुग्ने सम्भावना थप बलियो बनाएको छ।
समूहका अन्य टोली उरुग्वे, साउदी अरेबिया र केप भर्डे समान एक–एक अंकका साथ प्रतिस्पर्धामा रहेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्