|
२०८३ असार ९
काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोलको प्रेरणामा अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
डालासमा सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले हरायो। मेस्सीले पहिलो हाफको ३८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने इन्जुरी समयमा अर्को गोल थप्दै जित पक्का गरे।
योसँगै मेस्सी विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बनेका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान उछिनेका हुन्।
लगातार दोस्रो जित निकालेको अर्जेन्टिना ६ अंकसहित समूह ‘जे’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्