|
२०८३ असार १२
काठमाडौँ : देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा आज सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको तराईमा पनि बदली रहने अनुमान गरिएको छ।
मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम अधिकांश समय सफा रहने पूर्वानुमान गरिएको छ। हाल पूर्वी नेपालका केही प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले पहाडी क्षेत्रमा वर्षाको सम्भावना कायम रहेको मौसमविद्ले जनाएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्