|
२०८३ असार ११
काठमाडौं, असार ११ — मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई कडा कारबाही गर्ने तयारी सरकारले गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा सवारीको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव समेटिएको छ।
प्रस्तावअनुसार दुई वा तीनपांग्रे सवारी चालकलाई २५ हजार, साना सवारीसाधन चालकलाई ३५ हजार तथा मझौला र ठूला सवारीसाधन चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।
नयाँ व्यवस्थामा रगतमा मदिराको मात्रा तोकिएको सीमाभन्दा बढी भएमा मात्र मापसे गरेको मानिने उल्लेख छ। हाल लागू कानुनमा भने मदिराको मात्रा नतोकी न्यून जरिवानाको व्यवस्था रहेको छ। संशोधित ऐन लागू भएमा मापसेविरुद्धको कारबाही थप कडा हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्