पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १०

काठमाडौँ, असार १० — देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना रहेको छ।

हाल मनसुनी वायुको प्रभाव कोशी, मधेस र बागमती प्रदेशसहित गण्डकी तथा लुम्बिनी प्रदेशका केही भागमा सक्रिय रहेको छ। यसको असरका कारण गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *