|
२०८३ असार ९
बाँके : पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका किसानलाई धान रोप्न सहज भएको छ। नहरमार्फत नियमित पानी उपलब्ध भएपछि किसानले वर्षाको प्रतीक्षा नगरी खेतमा रोपाइँ सुरु गरेका छन्।
आयोजनाका अनुसार हाल करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिरहेको छ। पूर्वी र पश्चिमी नहर प्रणालीबाट विभिन्न गाउँ तथा खेतीयोग्य क्षेत्रमा पानी वितरण भइरहेको छ।
सिँचाइको पहुँच विस्तारसँगै यस वर्ष समयमै रोपाइँ सम्पन्न हुने र धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिँचाइ क्षेत्र अझ विस्तार हुने आयोजनाको विश्वास छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्