|
२०८३ असार ९
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्तासम्बन्धी विशेष नियम लागू गरेको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारको प्रस्तावक वा समर्थक बनेका प्रतिनिधिले स्वयं उम्मेदवारी दिन पाउने छैनन्।
सभापति पदका आकांक्षीले एक प्रस्तावक र ५१ समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ भने अन्य केन्द्रीय पदका लागि एक प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ।
निर्वाचन आयोगले तोकिएको प्रक्रिया र मापदण्ड पूरा नगरेका उम्मेदवारी आवेदन स्वतः खारेज हुने जनाएको छ। प्रतिनिधि सम्बन्धी विवादका कारण महाधिवेशनको बन्दसत्र निर्धारित समयमै सुरु हुन नसकेको बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्