दग्नाम पुग्ने सडक अब पक्की, यात्रा थप सहज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

म्याग्दी, असार ९ — म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम जोड्ने सडकको विभिन्न खण्डमा ढलान गरी स्तरोन्नति सम्पन्न गरिएको छ। मौवाफाँट–दग्नाम–चिमखोला सडकअन्तर्गत औरी, बुग्ल र दग्नाम क्षेत्रमा करिब ९०० मिटर सडक पक्की बनाइएको हो।

संघीय सरकारको बजेट सहयोगमा सञ्चालित योजनाअन्तर्गत सडक फराकिलो बनाउने, नाली तथा पर्खाल निर्माण गर्ने र जोखिमपूर्ण मोड सुधार गर्ने काम गरिएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरेको जनाएको छ।

सडक स्तरोन्नतिपछि दग्नामसहित आसपासका गाउँका बासिन्दालाई आवतजावतमा सहजता पुगेको छ भने धुलो, हिलो र दुर्घटनाको जोखिम पनि घटेको स्थानीयवासीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *