ट्राफिक निगरानी कडा, एकै दिन झण्डै २३ लाख रुपैयाँ जरिवाना संकलन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

काठमाडौँ, असार ९ — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ६४१ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा परेकामध्ये ७९ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने, १४७ जना अवैध राइड सेयरिङ गर्ने, १५४ जना ट्राफिक बत्ती उल्लङ्घन गर्ने तथा १२२ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

त्यसैगरी लेन अनुशासन नमानेका, निषेधित क्षेत्रमा हर्न बजाएका, सडकपेटीमा पार्किङ गरेका, एकतर्फी सडकमा सवारी चलाएका तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने चालकहरूलाई पनि जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *