|
२०८३ असार ९
सङ्खुवासभा । लगातारको वर्षापछि आएको पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।
भोटखोला गाउँपालिका–३ स्याबुङ नजिक पहिरो खस्दा उत्तर–दक्षिण कोशी राजमार्गको छोङराङ क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारीतर्फ आउने–जाने यातायातका साधन रोकिएका छन्। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना कम रहेको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्