घोराहीमा पूर्वाधार विस्तार तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

तुलसीपुर, असार ८ — घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

उपमहानगरका अनुसार यस अवधिमा करिब १९८ किलोमिटर सडक कालोपत्र, सयौँ किलोमिटर सडक स्तरोन्नति तथा नयाँ सडक निर्माण गरिएको छ। साथै, अधिकांश घरधुरीमा स्वच्छ खानेपानीको पहुँच विस्तार भएको र सिँचाइ सुविधाका लागि विभिन्न संरचना निर्माण गरिएको बताइएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालय भवन, कक्षाकोठा तथा स्वास्थ्य संस्थाका पूर्वाधार थपिएका छन्। स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन अनलाइन प्रणालीसमेत विस्तार गरिएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *