रास्वपासँग सहकार्य सम्भव : पुन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

काठमाडौं, असार ८ — नेकपा नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाबीच केही साझा राजनीतिक एजेन्डा रहेको बताएका छन्।

भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले दुवै दलले परिवर्तन र सुशासनलाई प्राथमिकतामा राखेकाले सहकार्यको सम्भावना रहेको उल्लेख गरे। पृष्ठभूमि र कार्यशैली फरक भए पनि समाज रूपान्तरणका विषयमा समान सोच देखिएको उनको भनाइ थियो।

पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्षबाट प्राप्त उपलब्धि भएको स्मरण गराउँदै यसको सुदृढीकरणमा सबै राजनीतिक शक्तिले भूमिका खेल्नुपर्ने बताए। साथै, स्वास्थ्य समस्याका कारण पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिँदै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *