सीके राउतको रास्वपालाई सन्देश: “देश बनाउने सपना हाम्रो एउटै हो”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफ्नो राजनीतिक उद्देश्य र देश विकासको दृष्टिकोण समान रहेको बताएका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना मन्तव्य दिँदै राउतले दुवै दलको लक्ष्य समृद्ध र विकसित नेपाल निर्माण रहेको स्पष्ट पारे। उनले रास्वपाका नेता–कार्यकर्तामा देखिएको परिवर्तनको चाहना आफूमा पनि उत्तिकै रहेको बताए।

“तपाईंहरूभित्र जुन देश बनाउने अठोट र समृद्धिको चाहना छ, म पनि त्यही चाहना बोकेर आएको हुँ,” उनले भने, “जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ।”

उनले आफूलाई प्रतिस्पर्धी नभई सहयात्रीको रूपमा लिन आग्रह गर्दै राजनीतिक सहकार्य र साझा उद्देश्यको सम्भावनाबारे संकेतसमेत गरे।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरूले संगठनात्मक संरचना र आगामी राजनीतिक दिशाबारे छलफल गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *