|
२०८२ फाल्गुन ४
रुकुमपूर्व – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन्।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रममा प्रचण्डले शहीद मार्गलाई दाङ हुँदै चीनको सिमानासम्म विस्तार गरेर पिच गर्ने योजना रहेको बताए। उनले यो मार्गलाई पर्यटकीय दृष्टिले विकास गर्ने लक्ष्य पनि राखेका छन्।
प्रचण्डले शहीद मार्गको सुरुवात सशस्त्र द्वन्द्वमा मारिएका राज्यपक्षीय शहीदको सम्झनामा गरिएको र शान्तिपछि यसलाई राज्यको मार्गमा रूपान्तरण गरिएको जानकारी दिए।
उनले भने, “अब शहीद मार्गलाई पिच गरेर मैकोटलगायत क्षेत्र पर्यटकीय केन्द्र बनाउने मेरो सपना छ।”
कार्यक्रममा प्रचण्डको टोली गाउँपालिकाका विभिन्न ठाउँमा पुगेको र आगामी दिनमा अन्य क्षेत्रहरू भ्रमण गर्ने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्