|
२०८३ असार ७
काठमाडौं, असार ७ — समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारका लागि स्पष्ट नीति, सहज इजाजत प्रक्रिया र फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको अभाव प्रमुख बाधक बनेको सरोकारवालाले बताएका छन्।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले मलमूत्र तथा फोहोर व्यवस्थापनसम्बन्धी काममा अनुमति प्राप्त गर्न कठिन हुने र प्रशोधित फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान नहुँदा सेवा विस्तार प्रभावित भएको धारणा राखे।
कार्यक्रममा विज्ञहरूले सुरक्षित सरसफाइ प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण, नीतिगत स्पष्टता र सञ्चारमाध्यमको प्रभावकारी भूमिकामा जोड दिएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्