|
२०८३ असार ७
म्याग्दी: लामो समयदेखि दुर्गम मानिएका धवलागिरि गाउँपालिकाका बस्तीहरू अब सडक सञ्जालसँग जोडिन थालेका छन्। सडक विस्तारसँगै स्थानीयलाई यातायात, स्वास्थ्य सेवा र दैनिक आवश्यकताका काममा सहजता भएको छ।
धवलागिरि–१ गुर्जासम्म सडक पुगेपछि म्याग्दीका सबै वडामा सडक पहुँच विस्तार भएको गाउँपालिकाले जनाएको छ। करिब २२ किलोमिटर सडक निर्माण पूरा भएसँगै स्थानीय उत्पादनको बजार पहुँच र आवतजावतमा सुधार आउने अपेक्षा गरिएको छ।
सडक विस्तारले पहाडी क्षेत्रका बस्तीलाई विकासको मूलधारसँग जोड्दै स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्