|
२०८३ असार ७
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादन बिक्रीका लागि कक्ष सञ्चालन गरेको छ।
बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य सामग्री राखिएको र उपभोक्तालाई ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीले जनाएको छ।
सरकारी स्वामित्वको डीडीसीले किसानबाट दूध संकलन गरी दूध, दही, घ्यु, पनिर, चिज, आइसक्रिमलगायतका उत्पादन बजारमा बिक्री गर्दै आएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्