|
२०८३ असार ७
काठमाडौँ । सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७८२ चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा ४ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक बत्तीको अवज्ञा गर्ने, तीव्र गतिमा सवारी कुदाउने तथा नियमविपरीत राइड सेयरिङ गर्ने चालकहरू कारबाहीमा परेका हुन्।
यसका साथै लेन अनुशासन उल्लङ्घन, निषेधित क्षेत्रमा हर्न बजाउने, सडकपेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउनेलगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सयौँ चालकलाई पनि जरिवाना गरिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्