|
२०८३ असार ७
काठमाडौं, असार ७ । देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही स्थानमा मनसुनी प्रभाव सक्रिय रहेकाले वर्षाको सम्भावना देखिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा पनि छिटफुट वर्षा हुन सक्नेछ।
यता मधेस, लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्