कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ मा हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षा दुई दिन सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार साउन २ र ३ गते पूरक परीक्षा लिइनेछ।

एक विषयमा मात्र अनुत्तीर्ण भएका विद्यार्थीले विषय जुनसुकै भए पनि साउन २ गते नै परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ। नियमित परीक्षामा आवश्यक अंक नल्याएका विद्यार्थीलाई लक्षित गरी पूरक परीक्षा सञ्चालन गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *