|
२०८३ असार ६
उदयपुर, असार ६ — महोत्तरीबाट सुनसरी जाँदै गरेको स्कुल बस उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस बिहान करिब ९ बजे सडकबाट झन्डै २५ मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्