गुनासो र सुझाव सुन्न गृह मन्त्रालयको नयाँ सेवा सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

काठमाडौं, असार ६ — नागरिकका गुनासा, उजुरी तथा सुझावलाई सहज रूपमा सङ्कलन गर्न गृह मन्त्रालयले ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालयका अनुसार सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले गुनासो व्यवस्थापन शाखाअन्तर्गत यो सेवा सुरु गरिएको हो। नागरिकले टोल–फ्री नम्बर १११२, इमेल तथा ह्वाट्सएपमार्फत आफ्नो समस्या, सुझाव वा उजुरी दर्ता गर्न सक्नेछन्।

गृह मन्त्रालयले प्राप्त गुनासो र सुझावलाई सम्बन्धित निकायमा पठाई आवश्यक सम्बोधन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *